१९ मंसिर २०८२, शुक्रबार

सुनको मूल्य रु.३ सयले घट्दा चाँदीको मूल्य स्थिर

प्रकाशित मिति :  8 November, 2022 12:13 pm


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ ।

मंगलबार बजारमा छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँ र तेजाबी सुन ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै हिजो प्रतितोला १० रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज भने स्थिर रहँदै प्रतितोला १ हजार २ सय ६४ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !