१९ मंसिर २०८२, शुक्रबार

सेयरबजार ओरालो यात्रामा : २३ अंकले घट्यो नेप्से परिसूचक

प्रकाशित मिति :  10 November, 2022 4:10 pm


साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहोरो अंकले ओरालो लागेको छ । बुधबार ३९ अंकले घटेको नेप्से परिसूचक बिहीबार २३ अंकले घटेको छ भने कारोबार रकममा पनि गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९बिहीबार० सेयर कारोबार मापक नेप्से परिसूचक २३.५२ अंकले घटेर १८९३.७० अंकमा झरेको छ भने सेन्सेटिभ परिसूचक पनि ४.१७ अंकले घटेर ३७२.३७ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ। कम्पनीको १० करोड २२ लाख ३५ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ३.९२ प्रतिशतले बढेको छ ।

त्यस्तै आज अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.९१ प्रतिशतले घटेको छ ।

कूल २२६ वटा कम्पनीको ३१ लाख १४ हजार ६ सय ८९ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ११ करोड ९४ लाख ६१ हजार ४ सय ११ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !