१९ मंसिर २०८२, शुक्रबार

सुनचाँदीको मूल्य उकालो लाग्यो

प्रकाशित मिति :  13 November, 2022 11:35 am


काठमाडौं । नेपाली बजारमा आज साताको पहिलो दिन आइतबार सुनको मूल्य उकालो लागेको छ । पछिल्लो केहि दिनदेखि उकालो लागेको छापावाला सुनको मूल्य आज आइतबार तोलामा ६०० रुपैयाँले बढेर तोलाको ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर प्रतिततोलाको १३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !