६ बैशाख २०८१, बिहिबार

मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

प्रकाशित मिति :  15 November, 2022 12:08 pm


काठमाडौं । सरकारले निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा आगामी निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरू मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने जनाइएको छ ।

सरकारी कार्यालय र सार्वजनिक संस्थानहरू भने मंसिर ४ र ५ गते मात्र बन्द हुनेछन् ।

आगामी मंसिर ४ गते देशभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !