२० बैशाख २०८१, बिहिबार

काठमाडौं –६ मा रास्वपाका शिशिर खनालको अग्रता कायमै

प्रकाशित मिति :  23 November, 2022 12:17 pm


काठमाडौं । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनालको अग्रता कायमै रहेको छ । रास्वपाका खनालले १२७६४ मत सहित अग्रता कायम गरेका छन् भने उनका प्रतिस्प्रर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले ७ हजार ७८७ मतसहित रास्वपाका खनालाई पछ्याइरहेका छन् ।

खनालका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले भन्दा उनले ४ हजार ९७७ बढी मत ल्याएका छन् । अब गन्न बाँकी ४ हजार २९१ मत रहेको छ । रास्वपाका खनाललो गन्न बाँकी भन्दा धेरै मतान्तरले अग्रता लिएका छन् ।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका भीमसेनदास प्रधानले ७ हजार ३८० मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !