४ बैशाख २०८१, मंगलबार

विहिबार कुन राशिको लागि कस्तो छ ?

प्रकाशित मिति :  24 November, 2022 5:38 am


आजको पञ्चाङ्ग

वि. सं. ः २०७९ मंसिर ८ गते विहिबार

इ.सं. ः २४ नोभेम्बर २०२२

सूर्योदयः विहान ०६ः३३ बजे

सूर्यास्तः बेलुका १७ः०७ बजे

तिथिः प्रतिपदा २७ः०६ सम्म, तत्पश्चात् द्वितीया

पक्षः मार्गशीर्ष शुक्लपक्ष

नक्षत्रः अनुराधा २१ः३० सम्म, तत्पश्चात् ज्येष्ठा

योगः अतिगण्ड १२ः३३ सम्म, तत्पश्चात् सुकर्मा

करणः किंष्तुघन १५ः२१ सम्म, तत्पश्चात् बव

चन्द्रराशिः वृश्चिक

ऋतुः हेमन्त

अयनः दक्षिणायन

आजको राशिफल

मेष

मेष राशि भएकाहरूका आज अशुभ रहनेछ । आकस्मिक संकट आउन सक्छ । मनमा विभिन्न पिडा हुनेछ । स्वास्थ्यमा समस्या देखिने छ । यात्रा गर्दा विचार पुर्याउनुहोला । पढाइमा भने जस्तो सफलता हुने छैन ।

वृष

वृष राशि भएकाहरूका लागि आजको दिन राम्रो रहेको छ । आकस्मिक धनलाभ हुने छ । लक्ष्य सजिलै भेट्न सकिने छ । स्वास्थ्य राम्रो रहनेछ । आजको दिन भनेजस्तो आम्दानी गर्न सकिनेछ । व्यापार व्यावसायमा वृद्धि हुने छ ।

मिथुन

मिथुन राशि भएकाहरूका लागि आज पनि राम्रो रहनेछ । पढाइ अनुसारको काम गर्नाले राम्रो हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने छ । नयाँँ कामको सुुरुवात हुने छ । शत्रुलाई आप्mनो मुठिमा राख्न सफल हुनेछ ।

कर्कट

कर्कट राशिका लागि आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । विभिन्न बाधा आइपर्नेछ । गर्न आँटेको काम बन्ने छैन । हतार गर्ने बानीले अनावश्यक विवादमा फस्न सक्नुहुनेछ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुनेछ ।

सिंह

सिंह राशि भएकाहरूका लागि आज राम्रो छैन । स्वास्थ्यमा समस्या आउने छ । शत्रुहरु बढ्नेछन् । कामहरु रोकिने छन् । खर्च धेरै हुने छ । मिष्ठान्न भोजन गर्न पाइने छ ।

कन्या

कन्या राशि भएकाहरूका लागि आजको दिन राम्रो रहेको छ । दाजुभाइ आफन्तबाट सुख मिल्नेछ । रोकिएको कामहरु बन्नेछन् । धन प्राप्त हुनेछ । व्यापार व्यवसायबाट सफलता मिल्नेछ ।

तुला

तुला राशि भएकाहरूका लागि आज समय राम्रो छैन । स्वास्थ्यमा समस्या देखिने छ । अनावश्यक र्ख हुने छ । मनमा पिडा हुने छ । व्यपार व्यवसायबाट भने जस्तो सफलता मिल्ने छैन ।

वृश्चिक

वृश्चिक राशि भएकाहरूका लागि राम्रो रहेको छ । स्वास्थ्यमा सुधार आउने छ । मानसम्मान मिल्ने छ । रोकिएका काम बन्नेछन् । मिष्ठान्न भोजन मिल्नेछ । कृषि कर्ममा राम्रो हुने छ । यापार व्यावसाय राम्रो हुने छ ।

धनु

धनु राशिका लागि आज अशुभ रहेको छ । स्वास्थ्यमा समस्या आउने । चोटपटक लाग्न सक्नेछ । आफन्त तथा कुटुम्बसँग व्यवहार गर्दा सावधानी अपनाउनु होला । कामहरु बिग्रने तथा मनमुटाब पैदा हुन सक्छ । यात्रा गर्दा विचार पुर्याउनु होला ।

मकर

मकर राशि भएकाहरूका लागि आज शुभ रहेको छ । उठ्नुपर्ने धन उठ्ने छ । आम्दानीका स्रोत बढ्नेछ । परिश्रमको राम्रो लाभ पाइने छ । मानसिक शान्ति र आराम मिल्ने छ । स्वास्थ्य पनि राम्रो रहनेछ ।

कुम्भ

कुम्भ राशिका लागि आज राम्रो रहेको छ । सुखको अनुभुति हुने छ । व्यापार व्यवसायबाट राम्रो सफलता मिल्ने छ । रोकिएका धन उठ्ने छ । पढाइमा सफलतामा मिल्ले छ । नयाँ कामको सुरुवात हुने छ ।

मीन

मीन राशि भएकाहरूका लागि आज समय राम्रो छैन । स्वास्थ्यमा समस्या आउने छ । अनावश्यक खर्च हुने छ । विभिन्न पिडा हुनेछन् । यात्रा गर्दा विचार पुर्याउनु होला । आजको दिन भाग्यले साथ दिने छैन ।



प्रतिक्रिया दिनुहोस !