२० फाल्गुन २०८०, आइतबार

नेपाल हाइड्रोले गर्‍यो लाभांश घोषणा, बोनस सेयर कति ?

प्रकाशित मिति :  28 November, 2022 3:00 pm


काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८–७९ का लागि आफ्ना सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

कम्पनीको आइतबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३१ करोड ९९ लाख ३० हजार रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने १ करोड ५९ लाख ९६ हजार ५०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने ८ लाख ४१ हजार ९२१.०५ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश आगामी १६ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !