१२ श्रावण २०८१, शनिबार

नेप्सेमा १५ अंकको गिरावट, कारोबारका आधारमा हिमालय डिष्टीलरी अग्रस्थानमा

प्रकाशित मिति :  28 November, 2022 3:46 pm


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा गिरावट आएको छ । आइतबार ३२ अंकले बढेको नेप्से परिसूचक सोमबार भने १५ अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.६१ अंकले घटेर १९५०.३७ अंकमा झरेको छ भने सेन्सेटिभ परिसूचक पनि ३.६५ अंकले घटेर ३८२.६१ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड र व्यापारबाहेक बाँकी सबै वटा उपसमूहको सेयर घटेको छ ।

सोमबार नेप्सेमा कारोबार रकमका आधारमा हिमालयन डिष्टीलरीले अग्रस्थानमा रहेको छ । कम्पनीको १६ करोड ४६ लाख ४२ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेमा सोमबार खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । संस्थाको सेयरमूल्य आज ८.८ प्रतिशतले बढेको छ ।

यस दिन सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.५६ प्रतिशतले घटेको छ ।

कूल २१४ वटा कम्पनीको ६५ लाख २७ हजार ४ सय १४ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९ सय ६१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !