१२ श्रावण २०८१, शनिबार

विद्युतीय गाडी किन्न ऋण दिनेसम्बन्धमा सिप्रदी र एभरेष्ट बैंकबिच सम्झौता

प्रकाशित मिति :  29 November, 2022 1:13 pm


काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र एभरेष्ट बैंक लिमिटेडबीच ऋण दिने सम्बन्धमा सम्झौता भएको छ । टाटा मोटर्सको विद्युतीय गाडी खरिद गर्ने ग्राहकका लागि ८० प्रतिशतसम्म सवारी कर्जा उपलब्ध गराउने सम्बन्धमा सिप्रदी र बैंकबिच सम्झौता भएको हो ।

नेपालका लागि टाटा मोटर्सले नेक्सन र टिगोर विद्युतीय गाडी बिक्री गर्दै आइरहेको छ ।

सम्झौता अनुसार टाटा मोटर्सबाट विद्युतीय सवारी साधन खरिद गर्न चाहने कुनै पनि व्यक्ति वा संस्थाले एभरेष्ट बैंकका सबै शाखाबाट १२।८ प्रतिशत ब्याजदरमा ७ वर्षसम्म सहज र किफायती कर्जा सुविधा पाउनेछन् । सवारी साधनको कुल लागतको ८० प्रतिशतसम्म एभरेस्ट बैंकले ऋण दिनेछ । नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन र निर्देशिका बमोजिम ऋण प्रवाह गर्ने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !