१३ बैशाख २०८१, बिहिबार

मेलम्ची आसपासका बासिन्दालाई सतर्क रहन सूचना

प्रकाशित मिति :  29 November, 2022 3:37 pm


काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि सुरु गरिएकाले उक्त पानी पथान्तरणका क्रममा मेलम्ची नदीमा पानीको बहाव घटबढ हुनसक्ने भएकाले सतर्क रहन सूचित गरेको हो ।

सुरुङ प्रवेश मार्गहरू सिन्धु, ग्यालथुम, अम्बाथानबाट जुनसुकै समयमा पनि पानी झर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

माछा मार्न, वस्तु भाउ चराउन, खेतीपाती गर्न तथा अन्य जुनसुकै काम गर्न जाँदा विशेष सावधानी अपनाउन सो सूचनामार्फत अनुरोध गरिएको छ । गत जेठको दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि पुनः सुरु गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस !