सुनको मूल्य उकालो लाग्यो
प्रकाशित मिति : 1 December, 2022 10:50 am
काठमाडौं । आज बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको विवरण अनुसार छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर तोलाको ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि ह्रातै बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर तोलाको १३३० रुपैयाँमा कारोबार भइरहको छ । बुधवार सुनको मूल्य प्रतितोला ९७ हजार ६०० र चाँदी १२९०रुपैयाँमा कारोबार भएको थियो ।








