१२ श्रावण २०८१, शनिबार

११ .२२ अंकले बढ्यो नेप्से सुचक

प्रकाशित मिति :  1 December, 2022 4:15 pm


काठमाडाैं । आज साताको अन्तिम कारोबारको दिन नेप्से सूचक साथै कारोबार रकममा समेत बृद्धि देखिएको छ। बिहीबार नेप्से सूचक ११.२२ अंकले बढेर १९६१.०६ विन्दुमा पुगेको छ।

आज बिहिवार कारोबार रकम पनि एक अर्ब रुपैयाँ माथि पुगेको छ। बुधवार ८४ करोडको कारोबार भएकोमा बिहीबार १ अर्ब ३२ करोड रुपैयाँको ३८ लाख ६५ हजार कित्ता शेयर खरिद बिक्री भएको छ।

बिहिबार धौलागिरी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने स्वयत गँगा हाइड्रोपावरको पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ। यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन, स्वाभिमान लघुवित्त, मनकामना लघुवित्तको शेयरमूल्य पनि उच्च दरले बढेको छ।

त्यस्तै घलेम्दी हाइड्रोको शेयरमूल्य सबैभन्दा बढी २.६३ प्रतिशतले घटेको छ भने रुरु जलविद्युत, सयपत्री हाइड्रोपावर र इन्फिनीटि लघुवितको मूल्य पनि उच्च दरमा घटेको छ।

बिहीबार नबिल बैंकको सबैभन्दा धेरै १४ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमाल दोलखा हाइड्रोपावरको ७ करोड ७१ लाख, हिमालयन डिस्टिलरीको ७ करोड र नेश्डो लघुवित्तको ४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमा ३ उपसमूह नकारात्मक देखिएका छन् भने बाँकी १० उपसमूहको सूचक सकारात्मक देखिएको छ।



प्रतिक्रिया दिनुहोस !