११ बैशाख २०८१, मंगलबार

सुनको मूल्य एक लाख नजिक

प्रकाशित मिति :  2 December, 2022 11:55 am


काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज साताको अन्तिम दिनमा सुनको मूल्य बढेर एक लाखको हाराहारी पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज छापावाला सुनको मूल्य तोलामा १००० रुपैयाँले बढेर तोलाको ९९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै महासंघको जानकारी अनुसार आज तेजावी सुन ९८ हजार ६०० रुपैयाँ रहेको छ ।

आज शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १३४५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार छापावाला सुनको मूल्य तोलाको ९८ हजार १०० र चाँदी प्रतितोला १३३० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !