८ बैशाख २०८१, शनिबार

तीन दिने इभी नेपाल एक्स्पो सुरु, १५० भन्दा बढी कम्पनीहरुको सहभागि हुने

प्रकाशित मिति :  2 December, 2022 12:54 pm


काठमाडौं । विद्युतीय सवारीलाई प्रथामिकता दिदाँ नेपालको विद्युत खपत हुने र पेट्रोलिय पर्दाथको लागि अन्य मुलुकसँग हात जोड्न नपर्ने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । भृकुटीमण्डपमा आजबाट सुरु भएको विद्युतीय गाडीको प्रदर्शनी मेला ‘इभी नेपाल एक्स्पो’ आयोजनाको उद्घाटन गर्दै घिसिङले नेपालमा उत्पादन गरेको विद्युत नेपालमै खपत गर्नको लागि पेट्रोलियम गाडीहरुलाई विस्थापित गरेर विद्युतीय सवारी प्रथामिकता दिन जोड दिएका थिए ।

एसडी एक्स्पो मिडियाको आयोजनामा उक्त इभी नेपाल एक्स्पो हुन लागेको हो। विगत दुई वर्षदेखि कोभिड(१९ को महामारीका कारणले यस प्रदर्शनीमा ढिलाई भएको थियो। २०२० मा हुनुपर्ने सो प्रदर्शनी मंसिर १६, १७ र १८ मा तय गरिएको हो।

आयोजकका अनुसार विद्युतीय गाडी र सम्बन्धित उत्पादनहरूको नेपालमा हुन लागेको यो सबैभन्दा ठूलो प्रदर्शनी मेला रहेकाे छ । उक्त प्रदर्शनीमा १५० भन्दा बढी प्रतिष्ठित कम्पनीहरू सहभागी हुने आयोजक टिमले जनाएको छ।

एसडी एक्स्पो मिडिया प्रमुख आयोजक रहेको सो एस्पोको सह(आयोजक भने इन्डियन इक्जिविसन सर्भिसेस रहेको छ। प्रदर्शनीलाई अटो नेपाल, पावर टल्क, कार रिप, नेपाल अटो ट्रेडर र इभि ड्राइभ द फ्युचरले सहकार्य गरेका छन्।

प्रदर्शनीमा विशेष गरि विद्युतीय कार, विद्युतीय स्कुटर र मोटरसाइकल तथा साइकल, विद्युतीय बस, विद्युतीय कार्गो लोडर, रिक्सा , ब्याट्री तथा अन्य विद्युतीय सामाग्रीहरू प्रदर्शनमा राखिएकाे छ ।

यस वृहत प्रदर्शनी १५० भन्दा बढी प्रतिष्ठित कम्पनीहरू तथा ५०० भन्दा बढि विभिन्न देशका ब्रान्डका लागि साझा मञ्च हुनेछ । यसका साथै व्यापार तथा वित्तीय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ताहरू, सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्ता लगायत सबैका लागि यो साझा चौतारी हुने आयोजकले जनाएको छ।

यस वृहत प्रदर्शनीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ आयाम थप्नुका साथै साझेदारीका लागि नयाँ लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्नेछ । विद्युतीय यातायातका क्षेत्रमा भएका पछिल्ला विकासहरु पनि प्रदर्शनीमा देख्न पाइनेछ ।



प्रतिक्रिया दिनुहोस !