१२ बैशाख २०८१, बुधबार

अटो व्यवसायीद्वारा आन्दोलनको घोषणा, ८ महिनामा ५८ वटा शोरुम बन्द

प्रकाशित मिति :  2 December, 2022 5:02 pm


काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सरकारको विरुद्धमा आन्दोलन सुरु गर्ने भएको छ । नाडाले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पहिलो चरणमा मंसिर २२ गतेसम्म शान्तिपूर्ण आन्दोलनको घोषणा गर्ने भएको हो ।

५ दिनसम्म कालो व्यानरमा विरोधका नारा प्रदर्शन गर्ने र छैटौं दिनमा मंसिर २२ गते तीन घण्टा ११–२ बजेसम्म शान्तिपूर्ण र्यालीसहित धर्ना कार्यक्रम गर्ने नाडाले जनाएको छ ।

‘हाल जारी गरिएको चालु पूँजी कर्जा तथा बैंकको व्याज तथा प्रिमियम दरमा गरिएको वृद्धिका कारण यो व्यवसाय तहस नहस हुने अवस्थामा पुगेको छ । सयौं अटोमोवाइल शोरुमहरु बन्द भईसकेका छन् भने थप अन्य शोरुमहरु समेत बन्द हुने क्रममा रहेका छन, यस्तो स्थितिका कारण यस व्यवसायमा आश्रित हजारौ कर्मचारीहरु समेत बेरोजगार बन्न पुगेका छन्,’ विज्ञप्तीमा भनिएको छ ।

सोही कार्यक्रममार्फत नाडाले सरकारको व्यवसाय अमैत्रीका कारण अटो व्यवसायीहरु व्यवसायबाटै पलायन हुन पुगेको बताएको छ । ८ महिनामा ५८ वटा अटो डिलर, शोरुमहरु बन्द हुन पुगेको र प्रत्यक्ष परोक्ष रुपमा ३० हजार व्यवसायी कर्मचारी प्रभावित हुन पुगेको नाडाको भनाइ छ । थप एकसय अटोमोबाइल्स डिलरहरु बन्द हुने क्रममा रहेको नाडाका अध्यक्ष ध्रुव थापाले बताए ।



प्रतिक्रिया दिनुहोस !