११ बैशाख २०८१, मंगलबार

देशभर चिसो बढ्दै, तराईमा हुस्सु लाग्ने, यस्तो रहनेछ तीन दिनको मौसम

प्रकाशित मिति :  4 December, 2022 8:19 am


समाचार प्रतिनिधि तस्बिर ।

काठमाडौं । आगामी २४ घण्टामा चियो क्रमिक रुपमा बढ्ने भएकाले सचेत रहन मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तराई  भू-भागमा हुस्सु र कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो । 

आगामी तीन दिनसम्म देशका पहाडी भू-भागका एक-दुई स्थानमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तो रहनेछ आगामी दिन दिनको मौसमः   

२०७९ मंसिर १८ गते  

दिउँसोः प्रदेश १ र गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः  बागमती प्रदेश, मधेश प्रदेश लगायत लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू(भागका थोरै स्थानहरुमा आंशिक बदली तथा बाँकी  भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७९ मंसिर १९ गतेः

दिउँसोः प्रदेश १ को पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः प्रदेश १ को पहाडी  भू-भाग र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

२०७९ मंसिर २० गतेः

दिउँसोः प्रदेश १ र गण्डकी प्रदेशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी  भू-भाग र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 



प्रतिक्रिया दिनुहोस !