१३ बैशाख २०८१, बिहिबार

एनआरएन इन्फ्रास्ट्रक्चरले गर्‍यो लाभांश घोषणा

प्रकाशित मिति :  4 December, 2022 12:36 pm


काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले आफ्ना सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीको मंसिर १६ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित कुल ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात सेयरधनीलाई वितरण गरिनेछ । कम्पनीले पौष ५ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस !