१५ चैत्र २०८०, बिहिबार

नेप्सेमा सामान्य सुधार

प्रकाशित मिति :  4 December, 2022 4:43 pm


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा सामान्य सुधार भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक २.१६ अंकले बढेर १९६३.२२ अंकममामा पुगेको छ भने यता सेन्सेटिभ परिसूचक पनि १.१७ अंकले बढेर ३८४.८३ अंकमा पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहको सेयर बढेको छ । बाँकी ४ वटा उपसमूहको सेयर घटेको हो ।

आइतबार नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको १९ करोड ८० लाख ६७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

नेप्सेमा आजको दिन धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । संस्थाको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

त्यस्तै आज दिन नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । संस्थाको सेयरमूल्य ६.११ प्रतिशतले घटेको छ ।

कूल २४३ वटा कम्पनीको ३६ लाख ९४ हजार ८४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ५६ करोड १७ लाख २ हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !