१६ चैत्र २०८०, शुक्रबार

नेप्से परिसूचक २४ अंकले घट्यो,कारोबार रकम डेढ अर्ब माथि

प्रकाशित मिति :  5 December, 2022 4:32 pm


काठमाडौं । साताको कारोबारको दोस्रो दिन पनि सेयरबजारमा गिरावट आएको छ । आइतबार सामान्य अंकले घटेको नेप्से परिसूचक सोमबार भने दोहोरो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २४.४६ अंकले घटेर १९३८.७६ अंकमा झरेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ५.१९ अंकले घटेर ३७९.६४ अंकमा झरेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको सेयर घटेको छ ।

सोमबार नेप्सेमा कारोबार रकमका आधारमा रिडी पावर अग्रस्थानमा रहेको छ । कम्पनीको ३० करोड ८३ लाख ५७ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आजको दिन नेप्सेमा सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ३.१२ प्रतिशतले बढेको छ ।

त्यस्तै आज अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका सेयरधनीले सबैभन्दा धेरै गुमाएका छन्। कम्पनीको सेयरमूल्य ७.३७ प्रतिशतले घटेको छ ।

कूल २४० वटा कम्पनीको ४१ लाख २७ हजार २ सय ८६ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६७ करोड ४ लाख ५५ हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !