१५ चैत्र २०८०, बिहिबार

कस्तो छ मंगलबारको दिन तपाईको ?

प्रकाशित मिति :  6 December, 2022 5:45 am


आजको पञ्चाङ्ग

वि.सं. ः २०७९ मंसिर २० गते मंगलबार

इ.सं. ः ६ डिसेम्बर २०२२

सूर्योदयः विहान ०६ः४२ बजे

सूर्यास्तः बेलुका १७ः०७ बजे

तिथिः त्रयोदशी ०७ः०० सम्म, तत्पश्चात् चतुर्दशी

पक्षः मार्गशीर्ष शुक्लपक्ष

नक्षत्रः भरणी ०९ः३४ सम्म, तत्पश्चात् कृतिका

योगः शिव २७ः०५ सम्म, तत्पश्चात् सिद्ध

करणः तैतिल ०७ः०४ सम्म, तत्पश्चात् गर

चन्द्रराशिः मेष १५ः४८ सम्म, तत्पश्चात् वृष

ऋतुः हेमन्त

अयनः दक्षिणायन

आजको राशिफल

मेष
तपाईको दिन शुभ रहने छ । काममा सफल बन्नु हुने छ । मिष्ठान्न भोजन मिल्ने छ । दाम्पत्य जिवन सुखद हुने छ ।

वृष
स्वास्थ्यमा समस्या आउन सक्छ । अनावश्यक यात्रा तथा व्यर्थको कामको लागी धन खर्च हुन सक्छ ।

मिथुन
व्यापार–व्यवसायमा सफलता मिल्ने छ । धनलाभ होला । सन्तान र स्त्रीबाट सहयोग मिल्न सक्छ ।

कर्कट
दिन शुभ रहने छ । मानसम्मान मिल्नेछ । विशिष्ट व्यक्ती सँग भेट हुन सक्छ । काममा सफलता र तारिफ मिल्ने छ ।

सिंह
रोकिएका कार्यहरु पुरा हुनेछन् । लामो यात्रा सफल हुनेछ । आजको दिन भाग्यले साथ दिने छ ।

कन्या
मनमा चिन्ता बढ्ने छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने छ । आकस्मिक संकट आइपर्न सक्छ ।

तुला
पार्टनरसँग सुख प्राप्त मिल्ने छ । व्यापार व्यवसायमा सन्तुष्टिजनक सफलता मिल्ने छ । द्रव्य प्राप्त हुने छ ।

वृश्चिक
शत्रुमाथि विजय प्राप्ति हुने छ । धन लाभ होला । मन प्रसन्न प्रसन्न हुनेछ ।

धनु
आँटेको काम रोकिने छ । शिक्षामा र प्रेममा सफलता मिल्ने छ । सन्तानबाट सुख मिल्ने छ ।

मकर
कार्यसिद्धि हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर पर्ला । मान बढ्ने छ ।

कुम्भ
छोटो यात्रा होला । रोकिएका कामहरु पूर्ण हुने छन् । शत्रुमाथि विजय प्राप्त हुने छ ।

मीन
बोलीको प्रभाव बढ्ने छ । आफन्त र परिवारबाट सुख मिल्ने छ । खर्च बढ्ने छ ।



प्रतिक्रिया दिनुहोस !