१३ बैशाख २०८१, बिहिबार

यस्तो रहनेछ मंगलवारको मौसम

प्रकाशित मिति :  6 December, 2022 7:26 am


काठमाडौं । आज (मंगलवार) देशभर मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागको बुलेटिनमा उल्लेख छ ।

मंगलवार राती प्रदेश १ र गण्डकी प्रदेश तथा लुम्बिनीको तराई क्षेत्रमा आंशिक बदली रहने तर अन्य भूभागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

तराई क्षेत्रमा हुस्सु र कुहिरो लाग्ने तथा अधिकांश भूभागमा तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न सचेत गराइएको छ ।



प्रतिक्रिया दिनुहोस !