५ जेष्ठ २०८१, शनिबार

यस्तो रहनेछ आजको मौसम

प्रकाशित मिति :  9 December, 2022 7:45 am


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै राति प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ।

तराई भू-भागमा हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !