८ बैशाख २०८१, शनिबार

जिप दुर्घटना हुँदा चालकको मृत्यु

प्रकाशित मिति :  9 December, 2022 10:35 am


बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउँद रहेका छन् ।

डडेल्धुराको अनारखोलीबाट घर फर्कने क्रममा साउँदले चलाएको से १ ज ८१६ नम्बरको जिप पाटन नगरपालिका–१० डंसेलीमा गए राति दुर्घटनामा परेको हो । चालकमात्रै रहेको उक्त जिप सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !