नेप्से गर्यो सामलिङ पावरको सेयर कारोबार रोक्का
प्रकाशित मिति : 9 December, 2022 2:31 pm
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सामलिङ पावर कम्पनीको सेयर कारोबार रोक्का गरेको छ। नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ विपरीत कार्य गरेको भन्दै नेप्सेले सामलिङ पावरको सेयर कारोबार रोक्का गरको जनाएको छ ।
कम्पनीलाई नेप्सेले के कारणले समयमै जानकारी गराउन सकेन सो बारेमा ३ कार्यदिनको समयभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
सामलिङ पावरको गत मंसिर २१ गते बिहान ९ः३० बजेको सञ्चालक समितिले आर्थिक वर्ष २०७८–७९ का लागि सेयरधनीहरूलाई कुनै लाभांश वितरण नगर्ने निर्णय दिउँसो ३ः४२ बजे नट्सको लगइनमार्फत नेप्सेमा जानकारी गराएको थियो।
नेप्सेले विनियमावलीविपरीत सामलिङ पावरले धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशील सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट वञ्चित गराएको ठहर गरेको छ।








