१२ श्रावण २०८१, शनिबार

वुलिङको विद्युतीय कार ‘एयर इभी’ सार्वजनिक, यस्ता छन् विशेषता

प्रकाशित मिति :  9 December, 2022 3:54 pm


काठमाडौं । नेपाली बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक भएको छ। इभी नेपाल मोटर्सले बिहीबार वुलिङको विद्युतीय कार एयर इभी सार्वजनिक गरेको हो ।

कम्पनीले बिहीबार नक्साल सोरुमको उद्घाटनसँगै एयर इभी बुकिङको लागि पनि खुला गरेको हो। हेर्दा सानो र चिटिक्कको वुलिङ एयर इभी सिटी कार हो। अर्थात् यो शहरी भू(भागको लागि उपयुक्त रहेकाे कम्पनीले जनाएकाे छ ।

कम्पनीले एयर इभीको दुई वटा भेरियन्ट सार्वजनिक गरेको हो। पहिलो एक पटकको पूरा चार्जमा २०० किलोमिटर रेन्ज दिने एयर इभी र दोस्रो एक पटकको पूरा चार्जमा ३०० किलोमिटरसम्म रेन्ज दिने एयर इभी। यी भेरियन्टहरूको मूल्य क्रमशः २४ लाख ९९ हजार रूपैयाँ र ३० लाख ९९ हजार रूपैयाँ तोकिएको छ।

एयर इभी ३० किलोवाट र ५० किलोवाट क्षमतामा उपलब्ध छन्। ३० किलोवाट क्षमतासहितको मोटरले ४० एचपी पावर र ४१ पिएस टर्क जेनेरेट गर्छ भने ५० किलोवाट क्षमताको मोटरले ६७ एचपी पावर र ६८ पिएस टर्क जेनेरेछ गर्छ। गाडीमा लिथियम आइरन फोस्फेट ब्याट्री जडित छ। ब्याट्री जम्मा ४ घण्टामा पूरा चार्ज हुन्छ। कम्पनीले ब्याट्रीमा ८ वर्षको वारेन्टी दिएको छ।



प्रतिक्रिया दिनुहोस !