५ जेष्ठ २०८१, शनिबार

नेप्सेको गिरावट जारी, कारोबार रकम ७७ करोडमा झर्यो

प्रकाशित मिति :  11 December, 2022 5:09 pm


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबाजरमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३१.९७ अंकले घटेर १८८५.३१अंकमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.२८ अंकले घटेर ३६७.३६ अंकमा झरेको छ ।

नेप्सेमा आज कारोबार भएका १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ ।

आजको दिन कारोबारको आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको १० करोड ९३ लाख ६७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र समिट लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

यस दिन नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

कूल २२५ वटा कम्पनीको २० लाख २८ हजार ३ सय ४८ कित्ता सेयर खरिदबिक्री हुँदा ७७ करोड ४९ लाख ११ हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !