१२ श्रावण २०८१, शनिबार

टाटा मोटर्सले नैकापबाट ‘पीभी सर्भिस’ सुरु गर्दै

प्रकाशित मिति :  14 December, 2022 1:09 pm


काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले अब नैकापबाट पनि ‘पेसेन्जर’ श्रेणीका गाडीहरुको सेवा (पीभी सर्भिस) सुरुवात गर्ने भएको छ।

पछिल्लो समय यस श्रेणीका उत्पादनहरुको बजार व्यापक रुपमा विस्तार भइरहेको भन्दै ग्राहकहरुलाई प्रभावकारी सेवा सुविधा प्रवाह गर्न पीभी सर्भिस सुरु गर्न लागेको कम्पनीले जनाएको छ ।

यस अन्तर्गत आइसी इन्जिन भएका (इन्धनबाट संचालन हुने)मात्र नभई विद्युतीय (ईभी) दुवै प्रकारका गाडीहरुको मर्मत सम्भार गरिनेछ। त्यसको लागि आवश्यक दक्ष जनशक्ति तथा पूर्वाधारको पनि तयारी पूरा भईसकेको कम्पनीले जनाएको छ।

सिप्रदीले नेपालभर आफ्ना २२ भन्दा बढी ग्राहक सेवा केन्द्रहरुबाट उच्चस्तरीय सेवारसुविधा प्रदान गर्दै आईरहेको छ ।



प्रतिक्रिया दिनुहोस !