१२ श्रावण २०८१, शनिबार

भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार रोकाया र घिमिरेलाई

प्रकाशित मिति :  14 December, 2022 6:05 pm


काठमाडौं । भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिकता पुरस्कार सन्तोष रोकाया र सम्झना घिमिरेलाई प्रदान गरिएको छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १३औं वार्षिक साधारणसभा तथा छैठौं महासभाले विकासन्युजकर्मी सन्तोष रोकाया र शिलापत्रकर्मी सम्झना घिमिरेलाई जनही ५० हजार रुपैयाँको राशी सहित पुरस्कृत गरेको हो ।

रोकाया भरतमोहन अधिकारी(नाफिज सहकारी पत्रकारिता पुरस्कार)बाट पुरस्कृत भएका हुन् भने घिमिरे भरतमोहन अधिकारी(नाफिज आर्थिक पत्रकारिता पुरस्कार )बाट पुरस्कृत भएकी हुन् ।

नाफिजले भरतमोहन अधिकारी(नाफिज सहकारी पत्रकारिता पुरस्कार र भरतमोहन अधिकारी(नाफिज आर्थिक पत्रकारिता पुरस्कार पहिलो पटक घोषणा गरेको थियो ।

पूर्व अर्थमन्त्री समेत रहेका स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा ‘भरतमोहन अधिकारी स्मृति फाउन्डेसन’को सहकार्यमा नाफिजले यो पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा फाउन्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले स्वर्गीय भरतमोहन अधिकारीको सम्झनामा फाउण्डेसन स्थापना भएको जानकारी गराउँदै आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिका साथसाथै असल पत्रकारिता अभ्यासमा प्रोत्साहन लागि नाफिजसँग सहकार्य गरेर पुरस्कारको स्थापना गरिएको बताइन् ।



प्रतिक्रिया दिनुहोस !