१२ श्रावण २०८१, शनिबार

मन्दाकिनी हाइड्रोपावरको लाभांश घोषणा

प्रकाशित मिति :  16 December, 2022 1:09 pm


काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

हिजो मंसिर २९ गते, बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले यही साउन ९ गते, सोमबारदेखि साउन १२ गते, बिहीबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ करोड ७६ लाख ७३ हजार रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५८ हजार ८०३ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १० लाख ९३ हजार ७४९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।



प्रतिक्रिया दिनुहोस !