१२ श्रावण २०८१, शनिबार

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रकाशित मिति :  18 December, 2022 7:46 am


काठमाडौं। मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार देशमा बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका भू-भागमा हुस्सुरकुहिरो रहेको छ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागको एक\दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक\दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

त्यस्तै राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक\दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उच्च पहाडी भू-भागको एक\दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहने तथा तराईका केही भू-भागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन महाशाखाल अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !