प्रतितोला ६०० रुपैयाँ बढ्यो सुन
प्रकाशित मिति : 18 December, 2022 11:13 am
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावालाल सुनको मूल्य तोलाको ६०० रुपैयाँले बढर तोलाको १ लाख ५०० रपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्यको पनि बढेको छ । महासघको जानकारी अनुसार चाँदी १० रुपैयाँले बढेर तोलाको १३८० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको कारोबारमा सुनको मूल्य ९९ हजार ९०० रुपैयाँ र चाँदी १३७० रुपैयाँ रहेको थियो ।








