१२ श्रावण २०८१, शनिबार

महालक्ष्मी बैंकको लाभांश घोषणा, बोनस सेयर कति ?

प्रकाशित मिति :  18 December, 2022 11:49 am


काठमाडौं । महालक्ष्मी बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पुस १ गते शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८\७९ को मुनाफाबाट सेयरधनीलाई १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांशमध्ये हाल कायम चुक्ता पुँजी ४ अर्ब १ करोड ८ लाख ८३ हजारको ४ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ६.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।



प्रतिक्रिया दिनुहोस !