१२ श्रावण २०८१, शनिबार

साना तथा मझौला व्यवसायी महासंघको एकता महाधिवेशन हुने

प्रकाशित मिति :  18 December, 2022 12:44 pm


काठमाडौं । साना तथा मझौला व्यवसायी महासंघकाे एकता महाधिवेशन हुने भएको छ । वर्तमान अध्यक्ष बाबुकाजी महर्जन, सह-अध्यक्ष हरि पराजुली र वरिष्ठ उपाध्यक्ष दीपकप्रसाद आचार्य तथा समानान्तररुपमा सञ्चालन भएको साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष गुह्यरत्न शाक्य भएको दुवै संस्थाको एकता महाधिवेशन हुने भएकाे हाे ।

देशभित्र कूल रोजगारी सिर्जना गर्ने ७५ प्रतिशत भन्दा बढी योगदान साना तथा मझौला व्यवसायीको हक, हित, अधिकारका लागि महासंघका पदाधिकारी, सदस्यहरु बीचको आपसी मतभेद, विवाद मनन गरी महासंघलाई एक्यबद्धरुपमा अघि बढाउने छ ।

एकताको महाधिवेशन गर्न दुबेै महासंघ सम्मिलित उद्यमी दीपकप्रसाद आचार्यको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । उक्त समितिले आवश्यकता अनुसार समिति, उप समिति गठन गर्ने र संस्थाको गरिमा बढाउन बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सक्नेगरी अख्तियारी दिने निर्णय समेत गरेको छ ।

एकताको महाधिवेशन गर्न महासंघ मातहतको जिल्ला, क्षेत्रीय वस्तुगत संघ समेतको इकाईको विधान सम्मत समितिको निर्वाचनवाट वा सहमतिमा समितिको गठन गरी ६ महिना भित्र विधान सम्मत महाधिवेशन सम्पन्न हुने बताइएकाे छ।

उक्त एकता महाधिवेशनका लागि कमिटिमा भएका व्यक्तिहरुमा दीपकप्रसाद आचार्य संयोजक, धर्मनन्द श्रेष्ठ सह संयोजक, गोपालप्रसाद तिवारी सदस्य सचिव, र विश्व दुवाल कोषाध्यक्ष रहेका छन् ।

त्यस्तै सदस्यहरुमा यमुनादेवी श्रेष्ठ, बिजु शाक्य, प्रबलराज पोखरेल, डा। खोमराज खरेल, डा. बद्रि पौडेल, धनबहादुर जंगम, बिजय सागर प्रधान, सरिता थापा, प्रमिला खड्का, बिष्णु घर्ति मगर र मंजिला शर्मा रहेका छन् । ।



प्रतिक्रिया दिनुहोस !