१२ श्रावण २०८१, शनिबार

बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

प्रकाशित मिति :  18 December, 2022 12:59 pm


काठमाडौं । बाराही हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आइपीओको बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालय, लाजिम्पाट, काठमाडौंमा आज (आइतबार) विहान बाँडफाँड सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कम्पनीले १ गतेदेखि मंसिर २६ गतेसम्म सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा ५१ हजार ५ सय २२ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख ५८ हजार ४ सय २१ जना लगानीकर्ताहरूले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ६५ हजार ९ सय २७ जनाको आवेदन रद्ध भएको थियो । बाँकी रहेका ११ लाख ९२ हजार ४ सय ९४ जना योग्य आवेदकलाई बाँडफाँडमा समावेश गराइएको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात २७ हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरी २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । सर्वसाधारणले बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयरका लागि आवेदन दिन सक्दथे ।

यसरी हेर्नुहोस् नतिजा

कम्पनीको आईपीओको नतिजा ४ तरिकाबाट हेर्न सकिन्छ । सिडीएसले आईपीओको नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएको वेबसाइट https://iporesult.cdsc.com.np/, बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको वेबसाइट https://result.niblcapital.com/#/ipo-resulthttps://result.niblcapital.com/#/ipo-result, बाराही हाइड्रोको वेबसाइट https://barahihydropower.com.np/ र मेरो सेयरमाबाट नतिजा हेर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !