१२ श्रावण २०८१, शनिबार

नेप्सेमा दोहोरो अंकको गिरावट

प्रकाशित मिति :  18 December, 2022 3:51 pm


काठमाडौं । कारोबारको पहिलो साता सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक २७.५४ घटेर १८५५.०६ अंकमा पुगेको छ ।त्यस्तै सेन्सेटिभ परिसूचक पनि ५.२२ अंकले घटेर ३६२.८२ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको कुल १३ उपसमूहमध्ये सबै उपसमूहहरू घटेका छन् ।

आइतबार नेप्सेमा कारोबार रकमका आधारमा कृषि विकास बैंक अग्रस्थानमा रहेको छ । कम्पनीको ६ करोड २५ लाख ११ हजार ४ सय ३६ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा इष्ट्रन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

त्यस्तै आज रुरु जलविद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कूल २५० कम्पनीको ३७ लाख ७८ हजार ९ सय ५१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !