१२ श्रावण २०८१, शनिबार

सोमबार यस्तो रहनेछ मौसम

प्रकाशित मिति :  19 December, 2022 7:59 am


काठमाडौं। हाल देशमा विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आज बिहान देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका थोरै स्थानहरुमा हुस्सुरकुहिरो लागेको छ।

त्यस्तै आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक\दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक\दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक\दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस !