सुनचाँदीको मूल्य स्थिर
प्रकाशित मिति : 19 December, 2022 11:12 am

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंको जानकारी अनुसार आइतबार १ लाख ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य स्थिर रहि आज सोमबार पनि सोही मूल्यमा नै कारोबार हुने जनाएको छ ।
आज तेजावी सुनको मूल्य तोलाको १ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार चाँदीको मूल्य स्थिर रहि तोलाको १३८० रुपैयाँ कारोबार मूल्य तोकिएको महासंघले जनाएको छ ।