१२ श्रावण २०८१, शनिबार

फरवार्ड माइक्रोफाइनान्सको ३० प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

प्रकाशित मिति :  19 December, 2022 12:53 pm


काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

संस्थाको आज (पौष ४ गते, सोमबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८ र ७९ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !