१२ श्रावण २०८१, शनिबार

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ८८ करोडमा झर्यो

प्रकाशित मिति :  19 December, 2022 4:09 pm


काठमाडौं । विगत केही दिनदेखि ओरालो लागेको सेयरबजारमा आज झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ३.८३ अंकले बढेर १८५८.८९ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि १.१५ अंकले बढेर ३६३.९७ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहबाहेक सेयर बढेको छ । बाँकी ४ वटा उपसमूहको सेयर भने घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा प्राइम कमर्सियल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकको ६ करोड ९३ लाख ४३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन नेप्सेमा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

यस दिन इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडका सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ७.९७ प्रतिशतले घटेको छ ।

कूल २५१ वटा कम्पनीको २६ लाख ९९ हजार ३ सय ३१ कित्ता सेयर खरिदबिक्री हुँदा ८८ करोड ६० लाख ९८ हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !