१२ श्रावण २०८१, शनिबार

आजको मौसम पूर्वानुमान

प्रकाशित मिति :  20 December, 2022 7:39 am


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल नेपालमा विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आज बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराईका थोरै भू-भागमा हुसुरकुहिरो रहेको छ।

आज दिउँसो प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १ को पहाडी भू-भागका एक\दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भू-भागको एक\दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

त्यस्तै राति प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागको एक\दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना महाशाखाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !