१२ श्रावण २०८१, शनिबार

आईएमई र नेपाल एसबिआई बैंकबीच सम्झौता

प्रकाशित मिति :  20 December, 2022 2:00 pm


काठमाडौं । आईएमई र नेपाल एसबिआई बैंकबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार आईएमईका जुनसुकै शाखा सञ्जालमार्फत पठाइएको पैसा नेपाल एसबीआई बैंकका शाखाहरूबाट भुक्तान लिन सकिनेछ ।

सोमबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त सम्झौता सम्पन्न भएको थियो ।

सम्झौता पत्रमा आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र बैंकका प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले हस्ताक्षर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !