२० बैशाख २०८१, बिहिबार

चीनमा उपचार गरेर स्वदेश फर्किए माओवादी नेता वर्षमान पुन

प्रकाशित मिति :  20 December, 2022 2:11 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त चीनमा उपचार गराएर आज स्वदेश फर्किएका छन्। स्वास्थ्यमा उल्लेखनिय सुधार पश्चात तीनसाता लामो चाइना बसाईपछि आज (मंगलबार) स्वदेश फर्किएका हुन् ।

उनी चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

वंशाणुगत जन्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए। उनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो।

नेपालबाट जाँदा पुनमा निद्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुचि तथा तारन्तार वान्ता हुनेजस्ता स्वास्थ्य समस्या थिए। उपचारपछि भने ती समस्या हटेको पुनले बताए ।

उपचारमा जानुअघि पुनको शरीरमा जन्डिस ९बिलरुबिन० को मात्रा २७ बिन्दु थियो । हाल बिलरुबिनको मात्रा घटेर १८ मा आएको छ। पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टु सिन्ड्रोम’ भनिन्छ।



प्रतिक्रिया दिनुहोस !