१२ श्रावण २०८१, शनिबार

हिमालयन बैंकको १९ प्रतिशत लाभांश घोषणा

प्रकाशित मिति :  20 December, 2022 2:24 pm


काठमाडौँ । हिमालयन बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

आज पौष ५ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ११.११ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !