१२ श्रावण २०८१, शनिबार

नेप्सेमा १६ अंकको वृद्धि, दुई कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट

प्रकाशित मिति :  20 December, 2022 4:14 pm


काठमार्डौँ । साताको कारोबारको तेस्रो दिन भने सेयरबजार दोहोरो अंकले बढेको छ । करिब एक सातादेखि निरन्तर घटिरहेको बजार हिजो कारोबारको अन्तिम समयमा ३ अंकले बढेर बन्द भएको थियो ।

अब नेप्से परिसूचक घट्नेभन्दा पनि बढ्ने लाइनमै रहेको लगानीकर्ताहरू बताउँछन् । बजारमा नेप्से परिसूचक घटे पनि औसत कारोबार रकममा गिरावट नआएको उनीहरूको भनाइ छ ।

बैकिङ च्यानलमा विस्तारै पैसा फर्किने क्रममा रहेको र पुसदेखि व्याजदर पनि नबढ्ने हुनाले बजार अब सकरात्मक बाटो रहेको लगानीकर्ता रोहन कार्की बताउँछन् ।

‘बजारले बटम लगाइसकेको अवस्था छ’ कार्की भन्छन् ‘व्याजदर जुन विन्दुमा छ त्यो निकै उच्च विन्दु हो अब व्याजदर बढ्नै ठाउँ छैन विस्तारै घट्ने नै हाे । यही विन्दुमा एकाध महिना रहला त्यसपछि घट्छ, सिडी रेसियो पनि ८६ प्रतिशतमा झरिसकेको छ त्यसैले बजार बढ्ने तरखरमा छ ।’

मिडियाहरूमा आएका विभिन्न समाचार, आलेखहरू र देशको राजनीतिक परिस्थितिले गर्दा लगानीकर्ताहरू अलमलको अवस्थामा रहेका छन् ।

कार्कीका अनुसार पहिलो ५० करोडको हाराहारीमा हुने कारोबार अहिले डेढ अर्बमाथि पुगेको छ । त्यसैले बैंकको मुद्दती खाता(एफडी)मा रहेको पैसा विस्तारै बजारमा फर्किन सुरु गरेको छ ।

‘स्मार्ट लगानीकर्ताले किन्न सुरु गरिसकेका छन् उनले भने ‘नयाँ लगानीकर्ता र हिजोको वियरिस पीडा भोगेका लगानीकर्ताले अझै आँट गर्नुभएको छैन,अहिले बजार प्रवेश गर्दा जोखिम कम रहेकोे हुनाले सेयर खरिद गर्न अहिलेको समय उत्कृष्ट छ ।’

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १४.२२ अंकले बढेर १८७३ अंकमा पुगेको छ भने राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि २.६८ अंकले बढेर ३६६.६५ अंकमा प्ुगेको छ ।

आज नेप्सेमा कारोबार भएका सबै उपसमूहको सेयर बढेको छ ।

मंगलबार नेप्सेमा कारोबार रकमका आधारमा नेपाल दुरसंचार कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६ करोड ३८ लाख ३७ हजार २ सय १८ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन आँधीखोला लघुवित्त वित्तीय संस्था र सृजनशिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सनराइज व्लूचिप फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फण्डको मूल्य ४.६७ प्रतिशतले घटेको छ ।

कूल २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच हुँदा ९३ करोड ८ लाख ३९ हजार ९ सय १ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !