१२ श्रावण २०८१, शनिबार

यस्तो रहनेछ आजको मौसम

प्रकाशित मिति :  21 December, 2022 7:46 am


काठमाडौं । हाल जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ। आज बिहान लुम्बिनी, सुदुरपश्चिम प्रदेश तथा देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका थोरै भू-भागमा हुस्सुरकुहिरो रहेको छ।

आज दिउँसो प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

तराईका केही भू-भागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले आवश्यक सावधानी अपनाउनु हुन अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !