१२ श्रावण २०८१, शनिबार

सुनको मूल्य : एक लाख १ हजार २००

प्रकाशित मिति :  21 December, 2022 11:43 am


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । मंगलबार १०० रुपैयाँले ओरालो लागेको छापावाला सुनको मूल्य आज बुधवार तोलाको ८०० रुपैयाँले बढेर तोलाको १ लाख १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायीले महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको १ लाख ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँ बढेर तोलाको १४०० रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार छापावाला सुन तोलाको १ लाख ४०० र चाँदी तोलाको १३७५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !