नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ८६ करोडमा सीमित
काठमाडौंँ । हिजो मंगलबार दोहोरो अंकले बढेको सेयरबजार आज भने ५ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.८९ अंकले घटेर १८६७.२२ अंकमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.३१ अंकले घटेर ३६५. ३४ अंकमा झरेको छ ।
नेप्सेमा आज कारोबार भएका कुल १३ उपसम्ुहमध्ये एउटा समुह बाहेक सबै उपसमुहको सेयर घटेको छ ।
बुधबार एनआईसी एशिया बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ११ करोड ८२ लाख ४६ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेमा आज आँधिखोला लघुवित्त र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै आजको दिन पञ्चकन्या माइ हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ६.२८ प्रतिशतले घटेको छ ।
कूल २५२ वटा कम्पनीको २४ लाख ४० हजार ३ सय ७ कित्ता सेयर किनबेच हुँदा ८६ करोड ३८ लाख १६ हजार ५ सय ६१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
एक सय ७६ रूपैयाँ २० पैसामा झरेको छ ।