१२ श्रावण २०८१, शनिबार

यस्तो रहनेछ आजको मौसम

प्रकाशित मिति :  22 December, 2022 7:25 am


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल नेपालको पुर्वी भु-भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

यतिबेला प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका थोरै भू-भागमा हुस्सुरकुहिरो रहेको छ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै राति प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !