देशभर चिसो बढ्यो, तराईका धेरै स्थानमा कुहिरो
प्रकाशित मिति : 22 December, 2022 10:16 am
काठमाडौं । काठमाडौं लगायत देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका धेरै स्थानहरूमा कुहिरो लागेको छ।
महाशाखाको जानकारी अनुसार सूदुरपश्चिम, लुम्बिनी, मधेश र प्रदेश १का तराई भेगमा बाक्लो हुस्सु लागेको छ ।
बिहानको समयमा तराईका धेरै स्थानहरूमा कुहिरो लागेको र मध्यान्न पछि क्रमिक रूपमा मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।
तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।