१२ श्रावण २०८१, शनिबार

तोलामा ३०० रुपैयाँ बढ्यो सुन

प्रकाशित मिति :  22 December, 2022 11:00 am


काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर तोलाको एक लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १४०५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य १ लाख १ हजार २०० रुपैयाँ र चाँदी १४०५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !